काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छिन् ।
राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन पुग्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति कार्यालयका अनुसार अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन जान लागेकी हुन्, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उनी भोलि नै काठमाडौँ फर्किने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ।
यद्यपि ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो। राष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा सिकार गर्ने नगर्नेबारे कार्यालयले केही बताएको छैन।
उता राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने भएपछि सीडीओको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् ।
सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।
Leave a Reply