Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • धनुषामा सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

    धनुषामा सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडाैँ। धनुषामा सडकमा पैसा फालेर भागेकी २ महिलालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो ।

    उनी दुवै नातामा भाउजू र नन्द हुन । आज करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।



    जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा उनीहरूले पैसा फालेकी थिइन्।



    सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी शुक्रबारदेखि शुरु गरेको थियो । शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयको नोट फालिएको अवस्थामा देखेपछि स्थानीय पैसा देख्नेबित्तीकै प्रहरीलाई खबर गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार