Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

    टेलिकम र एप्पल बिक्रेताबीच सम्झौता, आइफोन खरिदकर्तालाई प्रतिमहिना ५ जीबी डाफा फ्रि

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रालिले सहकार्यका लागि सम्झौता गरेका छन्। त्यसका लागि आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउन टेलिकम र इभोलुनबीच सम्झौता भएको छ।

    नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।



    यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हिजो ९२०७८ कार्तिक १० गते० हस्ताक्षर गरेका छन्।



    उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ।

    नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ।

    उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर मार्फत निःशुल्क उपलब्ध गराउने छ।

    यो सिममा मेन व्यालेन्स रु १० र थप व्यालेन्स रु ४० उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ। उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार