Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘उदयपुरका १२ जना काेराेना संक्रमितमा कुनै लक्षण छैन’

    ‘उदयपुरका १२ जना काेराेना संक्रमितमा कुनै लक्षण छैन’

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडाै। विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएका उदयपुरका १२ जना कोरोना संक्रमितमा कुनै लक्षण नदेखिएकाे चिकित्सकहरूले बताएका छन् । कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र स्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिने भए पनि भर्ना भएका कसैलाइ पनि कुनै लक्षण नदेखिएकाे जानकारी दिइन् ।

    डा. मिश्राले कोरोना संक्रमितको उपचारको चुनौती सुरु भएको उल्लेख गर्दै अप्ठ्यारो अवस्थालाई सबै मिलेर सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् । अहिले संक्रमितलाई सामान्य वार्डमा राखिएको छ । थप समस्या भएमा आइसियू र भेण्टिलेटरमा राख्ने तयारी छ । ५० शैयाको कोरोना उपचार केन्द्रमा १० भेण्टिलेटर र १० आईसियू रहेको छ ।



    उदयपुरबाट मध्यरातमा ल्याएर भर्ना गरिएका ११ जना भारतीय र १ नेपालीलाई अहिले निगरानीमा राखिएको डा. मिश्रले जानकारी दिएकी छन् । उनले उनीहरूमा कुनै समस्या नभएकोले नियमित चिकित्सकीय निगरानीमा राखिने बताइन् । संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरूलाई कुनै पनि समयमा समस्या पर्नसक्ने भएको स्वास्थ्यकर्मी सचेत रहेको डा. मिश्राले बताइन् ।



    कोशी अस्पतालका वरिष्ठ फजिसियन डा. रोसन खड्का अस्पतालमा निगरानीको लागि ६/६ घण्टाको डियूटी बनाइएको छ । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएकोले कन्ट्रोल रुमबाट पनि नियमित बिरामीको निगरानी गरिनेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार