एजेन्सी। अमेरिकाको एचएचएस भवनमा बम भएको धम्कीले हलचल मच्चिएको छ । भवनमा बम भएको खबर आएको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेको छ र सम्पूर्ण भवन खाली गराइएको छ । हाल बम फेला परेको छैन तर थप अनुसन्धान भइरहेको छ ।
आज बिहान यस्तो बम पड्काउने धम्की आएको बताइएको छ तर घटनास्थल पुगेका प्रहरीले त्यहाँ त्यस्तो केही भेटेन । तर, सुरक्षालाई ध्यानमा राख्दै धेरै सडक अवरुद्ध भएका छन् भने केही समयका लागि युएस क्यापिटलबाहिरको सडकमा यातायात पनि रोकिएको छ ।
अहिले राजधानी परिसर अमेरिकाका लागि निकै संवेदनशील छ । विगत केही महिनादेखि यहाँ यस्ता धम्कीहरू लगातार देखिएका छन् । यस्तो अवस्थामा अनुसन्धान एजेन्सीहरू पनि सतर्क र हरेक परिस्थितिसँग जुध्न तयार छन् ।
आइतवार राजधानी प्रहरीका केही अधिकृतलाई पनि धम्की दिइएको छ । यस्तो अवस्थामा राजधानी परिसरमा दिनभर खोजी भएपनि कोही पनि भेटिएनन् ।
अब फेरि एचएचएस भवनमा बम राखिने धम्कीका कारण हलचल मच्चिएको थियो । तर. वास्तवमा त्यस्तो केही थिएन र यो खबर डरको वातावरण सिर्जना गर्न मात्र फैलिएको थियो ।
Police Respond To Reported Bomb Threat At HHS https://t.co/YZXw2Kp6Il
— Ford Fischer (@FordFischer) October 27, 2021
Leave a Reply