Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘आर्मी हुँ’ भन्दै ठग्‍ने जेल चलान

    ‘आर्मी हुँ’ भन्दै ठग्‍ने जेल चलान

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 3K
    SHARES

    काँकडभिट्टा । नेपाली सेनाको जागिरे भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई झापा जिल्ला अदालतको शुक्रबारको आदेशबाट जेल चलान गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफू आर्मी भएको बताउने भद्रपुर–१० मिलनचोक बस्ने रामकुमार राउत भनिने ४६ वर्षीय राजकुमार राउतलाई एक महिनाअघि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बजार क्षेत्रबाट पक्राउ गरेको थियो । उनले ब्यारेकको मेसमा कार्यरत रहेको र मेसको सामान सस्तोमा मिलाइदिने भन्दै स्थानीय व्यवसायीलाई प्रलोभनमा परेर रकम असुलेको प्रहरीको भनाइ छ ।



    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठका अनुसार राउतले झापा चारआलीका डाकबहादुर राईसहित धुलाबारी, बिर्तामोड र भद्रपुरसम्मका १० जनाभन्दा बढी किराना व्यापारीवाट ५७ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।



    झापा अदालतले शुक्रबार साढे ६२ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसक्दा उनलाई कारागार चलान गरिएको हो । राउतले मोरङ, सुनसरी, उदयपुरलगायतका जिल्लाहरुमा समेत ठगी गरेको र उनीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार