Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोनाका विषयमा अभिव्यक्ति दिएपछि टेकु अस्पतालका डा. लाई सोधियाे स्पष्टीकरण

    कोरोनाका विषयमा अभिव्यक्ति दिएपछि टेकु अस्पतालका डा. लाई सोधियाे स्पष्टीकरण

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । सरकारले कोरोना उपचारका लागि तोकिएको मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई स्पष्टिकरण साेधिएकाे छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालय समेत तानेको हो।

    स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले डा. पुनलाई मन्त्रालय बोलाइएको बताए। उनले भने, ‘मौखिक बोलाउँदा खेरि आउनुभएन चिठी लेखेर मन्त्रालय डाकिएको हो।’



    कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गरिएको हो भन्ने प्रश्नमा उनले भने, ‘उहाँसँग बुझ्छौं, अनि थप यसबारे कुरा भन्नेछौं।’ यसबारे बुझ्न डा. पुनसँग सम्पर्क गर्न खोजे पनि प्रयास सफल हुन सकेन।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार