Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • के कोरोना संक्रमण फैलाउन षड्यन्त्र हुँदैछ?

    नेपालमा संदिग्ध गतिविधी बढ्दै, के गर्दै छन् गुप्तचर निकाय ?

    नेपालमा संदिग्ध गतिविधी बढ्दै, के गर्दै छन् गुप्तचर निकाय ?

    सुशील न्यौपाने
  • शनिबार, ६ बैशाख २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। पर्साको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेपछि मियाँ र उनका परिवारका १८ जनाको प्रहरीको उपस्थितिमा स्वास्थ्यकर्मीद्वारा स्वाब परिक्षण गरियो।

    तर, जालिमले संक्रमण फैलाएका हुन वा होइनन् त्यसबारेमा अहिले सम्म पुस्टि हुन सकेको छैन । जालिममाथि संदिग्ध जमातीहरुलाई नेपालमा प्रवेश गराउने  र बस्ने व्यवस्था मिलाउने गरेको आरोप लाग्दै आएको छ।



    नेपाली नागरिक जालिममाथि गम्भिर आरोप लाग्दा समेत नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग देखि सरकारका अन्य गुप्तचर संयन्त्रले अहिलेसम्म सत्य कुरा बाहिर ल्याउन सकेका छैनन्।



    जालिमकै संरक्षणमा रहेका भनिएका पर्साको वीरगञ्जस्थित मस्जिदमा लुकेर बसेका ३ जना भारतीय मुस्लिम नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । भारतमा मुस्लिम नागरिकहरुले कोरोना फैलाएको आरोप लागिरहेका बेला नेपालमा समेत आशंका बढ्यो ।

    त्यसपछि निगरानी बढाउँदै जाँदा उदयपुरको मस्जिदमा समेत १२ जना व्यक्ति शंकास्पद रुपमा लुकेर बसेको अवस्थामा फेला परे र उनीहरुमा पनि भाइरस संक्रमण पुष्टि भयो । वीरगञ्जमा संक्रमित भएका तीन भारतीय र उनीहरु एउटै कार्यक्रममा सहभागी भएको समेत खुलेको छ । उनीहरुमा भारतबाटै आउँदा संक्रमण थियो वा पछि संक्रमण भयो भन्ने प्रष्ट हुन सकेको छैन ।

    मस्जिदभित्र  बसेका व्यक्तिमा कोरोना पुष्टि हुन थालेपछि कसैले संक्रमण फैलाउन षड्यन्त्र गरेको हो कि भन्ने आशंका उब्जिएको छ।   यता आशंका नै आशंका थपिएको बेला जनकपुरमा सडकमा पैसा छरेर दुई जना महिला फरार भए । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको छ।

    शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे । तर कसैले पनि पैसामा छुने आँट गरेनन् । सडकमा १० र १ सयका नोट फालिएको अवस्थामा देखेपछि स्थानयीले प्रहरीलाई खवर गरेका थिए । उनीहरुले  कुन उद्देश्यले  पैशा फाले अनुसन्धान भइरहेको प्रहरीले वताउने बाहेक कुनै ठोस कुरा बाहिर आएको छैन ।

    कोरोना संक्रमित व्यक्तिले सो रकम फालेको हुन सक्ने वा त्रास बढाउन कसैले त्यसो गरेको हुन सक्ने स्थानीयको आशँका छ । पैसा छोएपछि कोरोना संक्रमण हुन सक्ने अशांकामा स्थानीय भयभित छन् ।

    सो स्थललाई सेनिटाइज गरिएको छ ।  कोरोना महामारीले त्रसित नेपालीलाई  एकपछि  यि र यस्ता घटनाले  त्रास बढाउंदै लगेको छ । तर, सरकारका गुप्तचर संयन्त्र के हेरेर बसेका छन्? गम्भिर प्रश्न उब्जिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार