Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दरबारमार्गमा सलमान खानको जन्मदिन मनाउदैँ बिईगं ह्युमन

    दरबारमार्गमा सलमान खानको जन्मदिन मनाउदैँ बिईगं ह्युमन

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । बिईगं ह्युमन क्लोथिङको नेपालस्थित आधिकारीक बिक्रेता वस्त्र इन्कले दरबारमार्गमा बलिउड सुपरस्टार सलमान खानको जन्मदिन मनाईरहेको छ।

    बिईगं ह्युमन फाउण्डेसनका संस्थापक समेत रहेका सलमानको जन्मदिन मनाउनका लागि वस्त्र इन्कले दरबारमार्गमा बेलुनलगायतका सामग्री झुण्ड्याएर साजसज्जा गरेको छ।



    दरबारमार्ग क्यापिटोल मलमा रहेको बिईग ह्युमनको ‘शो–रुम’ समेत सजाएर दिउसोँ केक काट्ने तयारी भइरहेको वस्त्र इन्कका प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले जानकारी दिए।



    ‘फाउण्डेसनका संस्थापकको जन्मदिनलाई एउटा उत्सवको रुपमा मनाउदैँछौ,’ बख्रेलले भने, ‘यसै अवसरमा सलमानका समर्थकहरुको जमघट पनि हुने भयो’यसै अवसरमा बिइङ ह्युमनले विशेष स्किम समेत सार्वजनिक गरेको छ।

    स्किमअनुसार बिइङ ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्दा सलमानको फिल्म दबगं–३ को एउटा टिकट र ‘बिइङ दबगं’ लेखिएको टि–सर्ट उपहार पाइनेछ। यो स्किम आजसम्म मात्र लागु हुने बताइएको छ।
    यसै अवसरमा बिइङ ह्युमन ब्राण्डको बिइङ ह्युमन ई–साइकल पनि सार्वजनिक गरिने सञ्चालक राजु थापा क्षेत्रीले जानकारी दिए। बिइङ ह्युमन फाउण्डेशनले बिइङ ह्युमन ब्राण्डका सामग्रिहरु बिक्री गरेवापत हुने आम्दानीको एउटा निश्चित हिस्सा परोपकारका लागि छुट्याउँदै आएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार