Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सर्लाहीका १ किशोरमा कोरोनाको र्‍यापिड टेस्ट रिपाेर्ट पोजेटिभ

    सर्लाहीका १ किशोरमा कोरोनाको र्‍यापिड टेस्ट रिपाेर्ट पोजेटिभ

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 1.7K
    SHARES

    सर्लाही। र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा १ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेस्ट गर्दा १ जनामा पोजेटिभ देखिएको हो ।

    सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय किशाेरलाई शुक्रबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।



    कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।



    कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए ।

    भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार