Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्चका न्यायाधीशहरूद्वारा प्रधानन्यायाधीशको राजिनामा माग्ने निर्णय

    सर्वोच्चका न्यायाधीशहरूद्वारा प्रधानन्यायाधीशको राजिनामा माग्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् ।

    अबको केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्नको लागि जाने तयारी गरिरहेका उनीहरुले उनको राजीनामा माग्ने निर्णय गरेका हुन्। भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय गरिएको छ।



    स्रोतका अनुसार सोमबार भएको १४ न्यायाधीशहरुको संयुक्त छलफलले  स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको छ। प्रधानन्यायाधीशको नेतृत्वबाट न्यायपालिका सफल हुने नदेखिएपछि राजीनामा माग्ने निर्णय भएको स्रोतको भनाइ छ।



    सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार न्यायपालिकामा बसेर कार्यपालिकासँग पदको सौदावाजी गरेको, संवैधानिक निकायमा भागबण्डा गर्ने र मुद्दा नहेर्ने प्रवृति भएको लगायतका विषयमा अवधारणा प्रस्तुत गरेर राजीनामा माग्ने तयारी भएको हो ।

    सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, राजीनामा माग्नुपर्ने सबैभन्दा पेचिलो विषय गजेन्द्र हमालको नियुक्ति र प्रधानन्यायाधीश जबराको रवैयाका कारण हो । ‘पहिलेदेखि मिडियामा त्यही नाम आउनु, प्रधानन्यायाधीशले हमालको प्रतिरक्षा गर्नु र हमाल नै मन्त्री नियुक्त हुनुले पनि सबै पुष्टि भएको स्रोतले बतायो।

    यसअघि सर्वोच्चका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक समेत बहिस्कार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार