Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोना भाइरस:

    ७७६ जनामा संक्रमण पुष्टि हुँदा ५०१ जना डिस्चार्ज, १३ जनाको मृत्यु

    ७७६ जनामा संक्रमण पुष्टि हुँदा ५०१ जना डिस्चार्ज, १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५०१  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८  हजार २८४  पीसीआर परीक्षणमा ६७३ र २ हजार ५८०  एन्टिजेन परीक्षणमा १०३ जना गरी ७६७ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार सोही समयमा १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३६१ पुगेको छ।



    यस्तै, हाल देशभर १० हजार ३६०  जना सक्रिय संक्रमित रहेका छन्।

    यसअघि हिजो आइतबारबार ५५७ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार