काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बोलाएको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।
आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा आज फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए । आजको
बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने बताइएको थियो । उनले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए ।
तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ ।
यसअघि हिजो अपरान्ह बसेको १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।
Leave a Reply