Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • फरार बम्जनको पक्षमा काठमाडौंमा र्‍याली

    फरार बम्जनको पक्षमा काठमाडौंमा र्‍याली

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 4.1K
    SHARES

    काठमाडौं। बाल यौन शोषणको आरोपमा सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका ‘तपस्वी’ रामबहादुर बम्जनको पक्षमा काठमाडौंमा र्‍याली निकालिएको  छ।

    उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड सहित पुतलिसडक चोकबाट र्‍याली निकालेका छन् । यालीमा पुरुष, महिलादेखी कलिला किशोरीहरु समेत संलग्न छन् ।



    धर्म कुनै तत्व नभएर बोध गर्ने सत्य हो भन्दै बम्जनको तस्बिरसहित प्ले कार्ड बोकेर उनीहरुले निकालेका हुन। झन्डै दुई सयको संख्यामा रहेका ती प्रदर्शनकारीहरुले पुतलिसडकमा केही समय सडक अबरुद्द गर्दै प्रदर्शनीमार्ग तर्द अगाडि बढेका थिए।



    बम्जनविरुद्ध सर्लाही जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि त्यहाँको जिल्ला अदालतले गत बिहीबार उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
    प्रहरीले बम्जनको व्यापक खोजी गरिरहेको भए पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । उनको खोजीका लागि ७७ वटै जिल्लामा प्रहरी सक्रिय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार