काठमाडौँ । प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले बोलाएको ‘फूलकोर्ट’ बैठकलाई सर्वोच्चका न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन्।
प्रधानन्यायाधीश जबराले भोलि (सोमबार) नेपाल बार एसोसिएसनसहितको फूलकोर्ट बोलाएका थिए ।
तर, आज अपरान्ह बसेको १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
आज मध्यान्ह प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा भोलि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए। बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने बताइएको छ।
Leave a Reply