Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चीन र रुसमा फेरि बढे कोरोना संक्रमित , डरलाग्दो अवस्था आउन सक्ने चेतावनी

    चीन र रुसमा फेरि बढे कोरोना संक्रमित , डरलाग्दो अवस्था आउन सक्ने चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.8K
    SHARES

    एजेन्सी। चीन र रुसमा फेरि एकपटक कोरोना संक्रमित बढ्न थालेका छन् । चीनमा शनिबार कुल ३८ नयाँ कोरोना भाइरसका घटनाहरु रिपोर्ट गरिएका छन् भने रुसमा पछिल्लो २४ घण्टामा ३७६७८ नयाँ संक्रमण देखिएका छन्।

    जहाँ शनिबार रुसमा भाइरसका कारण १ हजार ७५ जनाको ज्यान गएको छ, जुन महामारीको समयमा एकै दिनमा सबैभन्दा धेरै हो ।



    चीनको राजधानी बेइजिङमा शनिबार जम्मा ९ जना कोरोना संक्रमित थिए, जसलाई ध्यानमा राखी अधिकारीहरुले अनुसन्धान बढाउने र होटलमा बुकिङ प्रतिबन्ध लगाउने कदम चालेका छन्।



    बेइजिङमा सङ्क्रमित भेटिएका पाँच व्यक्तिहरू अक्टोबर १२ देखि अक्टोबर १५ सम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, निङ्जिया हुई स्वायत्त क्षेत्र र साङ्सी प्रान्तको यात्रा गरी अक्टोबर १६ मा बेइजिङ फर्किएका थिए। शहरी स्वास्थ्य आयोगका अनुसार संक्रमित भेटिएका अर्का एक जना संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए ।

    संक्रमणको मामलामा वृद्धिको पछाडि सांघाई  बस्ने एक वृद्ध दम्पती जिम्मेवार छन् , जो सियान सहित धेरै शहरहरु गएका थिए र कोभिड -१९ बाट पीडित थिए। यसपछि अधिकारीहरूले दम्पतीको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्न थाले।

    तीन दिनभित्रै उनीसँग निकट सम्पर्कमा आएका सयौं व्यक्ति पत्ता लागेका थिए भने सँगै यात्रा गरेका पाँच जनामा ​​पनि पछि संक्रमण देखिएको थियो ।

    हङकङको साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार यस अवधिमा धेरै सहरमा ठूलो मात्रामा अनुसन्धान गरिएको थियो । जहाँ जहाँ संक्रमित व्यक्ति गएका थिए, त्यहाँ चेकिङ कडा बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार