Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • कोरोनाको आंशकामा २४ हजार बढीको परीक्षण

    कोरोनाको आंशकामा २४ हजार बढीको परीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं- कोरोनाको आशंकामा हालसम्म २४ हजार बढीकाे नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण हुँदा नयाँ संक्रमित भेटिएको छैन।

    यो सँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार ५ सय ६५ जनाको आरडीटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।



    पिसिआर प्रविधिबाट कोरोना परीक्षणका लागि मन्त्रालयले पाटन अस्पतालमा उपकरण जडान गरेको छ। केही दिनमै परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ। यो सँगै पिसिआरबाट कोरोना परीक्षण हुने स्थानको संख्या १४ पुग्नेछ।

    सोलुखुम्बु र डोल्पा बाहेक ७५ जिल्लामा आरडीटीबाट कोरोनाको परीक्षण सुरु भइसकेको प्रवक्ता देवकोटाले बताए। मन्त्रालयले सबै प्रदेशमा गरी हाल कुल ३० हजार आरडीटी किट पठाएको छ। काठमाडौं उपत्यकामा ५ र बाहिर ८५ गरी जम्मा ९० जना व्यक्ति आइसोलेसनमा भर्ना भइ उपचाररत छन् । मुलुकभर हाल ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार