Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले ट्रकमा ल्याएर सीमामा छाडिदिए

    क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले ट्रकमा ल्याएर सीमामा छाडिदिए

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    मलंगवा । भारतका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले ट्रकमा ल्याएर सीमामा छाडिदिएका छन्। १ सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिएका हुन् ।

    सोनवर्षालगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राती लखन्देही खोलाको बाटो देखाइदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिएका छन्। उनले भने,’भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई भारतको कन्हौली नाकास्थित लखन्देही खोलामा ल्याएर छाडिदिएका हुन्।’



    १ सय २३ जनामध्ये हाल कन्हौली नाकामा ९१ जना रहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज क्षेष्ठ जानकारी दिएका छन् । अरु पनि कतै लुकेर कतै बसेको हुनसक्ने आशंका गरिएको छ। खोलामा छाडिएका उनीहरु बिहानै कौडेना गाउँपालिका ३ मा आएको वडाध्यक्ष प्रभु चौधरीले जानकारी दिए। आफ्ना वडामा आएपछि आफूले प्रहरीलाई खबरका गरेको उनले बताए।



    ‘भारतका विभिन्न क्वारेन्टाइनमा केही दिनदेखि राखिएकालाई बीना जानकारी सीमा भारतीय सुरक्षाकर्मीले ल्याएर छोडिदिएका छन, प्रजिअ जिसीले भने, ‘अहिले उनीहरुलाई सीमा क्षेत्रमै राखिएको छ।’ ‘उनीहरुमध्ये केहीलाई ज्वरो आएको छ। हामी सबैजनालाई उतै फर्काउन पहल गरिराखेका छौं,उनले भने,’भारतीय पक्षसँग कुराकानी हुँदैछ। ‘

    यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट आएका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार