Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत (फोटो फिचर)

    राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत (फोटो फिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्चेञ्जो डि लुक्का आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

    राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।



    त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार