एजेन्सी । काजकिस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभाको साहसिक खेल बन्जीजम्प गर्ने क्रममा ज्यान गएको छ ।
डेलीमेलको रिपोर्टअनुसार येवजिनियाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टामा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर मृत्यु भएको हो ।
घटनापछि सार्वजनिक भएको भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना भएको देख्न सकिन्छ ।
रिपोर्टअनुसार लिओन्तिभा आफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् ।
Leave a Reply