Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्रीले पैदल हिँडेर घर जानेहरु बारे निर्णय गर्न बालुवाटार बोलाए मन्त्रीहरुलाई

    प्रधानमन्त्रीले पैदल हिँडेर घर जानेहरु बारे निर्णय गर्न बालुवाटार बोलाए मन्त्रीहरुलाई

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारले तेस्राे पटक लकडाउनकाे समय सीमा बढाएपछि ज्यालादारीमा काम गर्नेहरूलाइ खाना र बस्न सकस भइरहेकाे छ। जसकारण सरकारकाे प्रमुख प्रतिपक्षी दलसहित अधिकांश राजनीतिक दलका नेताहरूले सरकारकाे चर्काे अालाेचना गरिरहेका छन्।

    साेही अालाेचनाका कारण सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने विषयमा छलफल थालेको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको स्राेतले जनाएकाे छ।



    तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’



    स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर कुनै निर्णय भएको छैन । लकडाउनका बाबजुद मानिसहरु हिँडेर गाउँ फर्किन थालेपछि सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार