Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गोरु काटेको अभियोगमा आठ जना पक्राउ

    गोरु काटेको अभियोगमा आठ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    खोटाङ। खोटाङमा तीन दिनको अवधिमा गोरु काटेको अभियोगमा आठ पक्राउ परेका छन् । गोरु काटेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयांखुबाट देशबहादुर सार्की, हिरा सार्की, सुभाष कार्की, रबिन सार्की, अमृत सार्की, सिता कार्की र लिलाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

    बिहीबार साँझ गोरुको मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।



    ‘गोरु काट्दै गरेको जानकारीका आधारमा उनीहरुलाई मासु भाग लगाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो,’ डिएसपी गौतमले भने, ‘गौर मरेको हो वा मारिएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ बैसाख २ गते गोरु काटिरहेको अवस्थामा साकेला गाउँपालिका–३ खिखिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार