Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काेराेनाकाे कहर: चालक/सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

    काेराेनाकाे कहर: चालक/सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ। कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन् ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरूले गरेका हुन् ।



    कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालककाे अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ ।



    अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि पनि उनीहरूको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

    उनले ‘भीडभाडमा जिउ जोगाउनु र अनिकालमा बिउ जाेगाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

    नेपाल अधिकांश कुरमा परनिर्भर छन् । यस्तो अवस्थामा नेपालमा आयात हुने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरू पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने एमआर नवराज पाण्डेले जानकारी दिए ।

    शङ्कास्पद देखिएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्नेमा उनले जोड दिए । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार