Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • माओवादीले टुंग्यायो विभाग र प्रतिष्ठानको नेतृत्व, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

    माओवादीले टुंग्यायो विभाग र प्रतिष्ठानको नेतृत्व, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले  ३४ विभाग र प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ ।

    बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विगतमा जस-जसले जुन मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको पेरिसडाँडा स्रोतले जानकारी दिएको छ।



    बैठकले लेखा समिति अध्यक्षमा पेशल खतिवडा, निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईलाई अध्यक्ष बनाएको छ।



    यस्तै, बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ ।

    यसैगरी सञ्चार मन्त्रालय चलाएका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्रालय चलाएका हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

    यी हुन् विभाग प्रमुखहरू :

    १. अर्थ तथा योजना विभाग – वर्षमान पुन

    २. संगठन विभाग – जनार्दन शर्मा

    ३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ

    ४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा

    ५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी

    ६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री

    ७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल

    ८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव

    ९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय

    १०. खानेपानी विभाग – विना मगर

    ११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल

    १२. निर्वाचन विभाग – खिमलाल देवकोटा

    १३. कानुन विभाग – मुक्ति प्रधान

    १४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

    १५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ

    १६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल

    १७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा

    १८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी

    १९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन

    २०. राजकीय मामिला विभाग – रेखा शर्मा

    २१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा

    २२. वन तथा वातावरण – शक्ति बस्नेत

    २३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह

    २४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा

    २५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव

    २६. संघीय संसदीय विभाग – देव गुरुङ

    २७. समाज कल्याण विभाग – सत्या पहाडी

    २८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा

    २९. सहरी विकास विभाग – देवेन्द्र पौडेल

    ३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत

    ३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर

    ३२. स्थानीय तह विभाग – उर्मिला अर्याल

    ३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला

    ३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार