Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नागरिकको स्थिति कष्टकर बन्दा पनि ओली सरकार मौन बस्यो : नेपाली कांग्रेस

    नागरिकको स्थिति कष्टकर बन्दा पनि ओली सरकार मौन बस्यो : नेपाली कांग्रेस

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले  लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारका विषयमा चुप लागेर बस्न नसकिने जनाएको छ ।

    कांग्रेस प्रवक्ता एवम् सूचना , सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर कोठाभित्र भोकै छट्पटाइरहेका र सडकमा तड्पिएका सर्वसाधारणका विषयमा चुप लागेर बस्न नसकिने बताएका छन् ।



    ‘निश्चय नै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन’, शर्माले भनेका छन् ।



    ‘सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेका छन्’, कांग्रेसले भनेको छ, ‘जोसंग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो ।’

    ‘७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो’, प्रवक्ता शर्माले भने, ‘पर्याप्त राहत पुर्‍याउन या अप्ठ्यारोमा रहेकाहरूलाई सुरक्षित ढंगले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन कांग्रेसले नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।’

    ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ’, कांग्रेसले भनेको छ, ‘तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ?’

    ‘आयोगलाई अर्बौं रुपियाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ? ’, प्रवक्ता शर्माले सरकारसँग प्रश्न गरेका छन् ।

    कांग्रेसले घर जान सडकमा हिँडेका सर्वसाधारणलाई उद्धार गरेर गन्तव्यमा पु-याउन माग गर्दै आएको छ । तर, ओली नेतृत्वको कम्युनिस्ट सरकारले सो विषयमा ध्यान दिएको छैन ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार