Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतसँग जोडिएका सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

    भारतसँग जोडिएका सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

    राजेन्द्र आचार्य
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.5K
    SHARES

    चितवन । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सीमा नाकामा सुरक्षा निकायका प्रमुखहरु स्थलगत निरीक्षण र अनुगमनमा खटिएका छन्।

    भारतीय सीमा नाकामा कडाइका लागि  वागमती प्रदेश अन्र्तगतका सुरक्षा निकायका प्रमुख स्थलगत निरीक्षण र अनुगमन गर्न फिल्डमा खटिएका हुन ।



    वागमती प्रदेश अन्तर्गतको भारतसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दक्षिणी सीमामा पर्ने वाग्मती प्रदेशअन्तर्गत ३५ देखि ६३ नम्बर सीमा स्तम्भ यस क्षेत्रमा पर्छ ।



    यस क्षेत्रमा पर्ने ८८ किलोमिटरअन्तर्गत बाँदरझुला, छरछरे र वाल्मीकि आश्रम क्षेत्रमा यसअघि नै बिओपी पोष्ट छ ।

    हाल पाल टाँगेर पाँच थप जाँचविन्दु थप्ने काम भइरहेको सशस्त्र प्रहरी नेपाल १७ नम्बर गण आँपटारीका गणपति खेम थापाले बताए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष पर्ने यस क्षेत्रमा भारतबाट लुकीछिपी स्वदेश फर्कने सम्भावना बढेपछि सशस्त्र र नेपाल प्रहरीले संयुक्त गस्ती गर्दै आएका छन् ।

    केही दिनअघि भारत, सोमेश्वर क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका तीन जनालाई पक्राउ गरी माडी नगरपालिकाको सहकार्यमा क्वारेन्टाइनमा राखिएको थियो

    सीमा जोडिएको सीमानाका माडीका बाँदरझुला, छरछरे, सोमेश्वर गढीलगायत मानिस भित्रिने प्रमुख प्रवेशद्वारमा हेल्पडेस्क स्थापना गरी जाँचसमेत तीव्र पारिएको छ ।

    भारतबाट यस क्षेत्र हुँदै कोराना संक्रमित भित्रिन नदिन र भित्रिहालेमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिनका लागि ठाउँठाउँमा हेल्प डेस्क राखी जाँच भइरहेको सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय, मकवानपुर चितवनका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए ।

    यस क्षेत्रमा सीमानाकासँगै चितवन राष्ट्रिय निकुञ्जसमेत जोडिएकाले नेपाली सेनासँग सहकार्य गरेर सुरक्षा फौज थप गरी सीमा बन्द गराइएको छ । प्रदेशको दक्षिणी सीमा नाकाहुँदै राति समेत मानिस आउने क्रम नरोकिएपछि सुरक्षाकर्मीले संयुक्त  गस्तीसँगै जाँच गर्न थालेको नेपाल प्रहरी, वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार