Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ज्यान मुद्दामा फरार शनी नरसिंह राणा १७ बर्षपछि पक्राउ

    ज्यान मुद्दामा फरार शनी नरसिंह राणा १७ बर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । प्रहरीले १७ वर्ष अगाडीको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा प्युठान जिल्लामल्लरानी गा.पा ४ घर भई काठमाडौँ धुम्बाराही वस्ने ४१ बर्षीय शनी नरसिंह राणा रहेका छन् । राणालाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असोज १५ गते काठमाडौँकै म्हेपीबाट पक्राउ गरेको हो।



    परिसरका एसपी रमेशकुमार बस्नेतका अनुसार राणाले १७ बर्षअघि अर्थात् २०६१ पुष २२ गते काठमाडौँको पुतलीसडकस्थित एकता प्रेसका संचालक खिम बहादुर सिवाकोटीलाई पार्किङ्गको विषयमा सामान्य विवाद हुँदा कुटपिट गरेर घाइते बनाएका थिए । कुटपिटपछि घाइते सिवाकोटीको उपचारका क्रममा मृत्यु भएको थियो ।



    साथै, उक्त घटनामा संलग्न धन बहादुर गुरुङ्ग र इश्वरी राणा अझै फरार रहेको एसपी बस्नेतले जानकारी दिए । फरार गुरुङ र राणाको खोजी कार्य तीब्र भइरहेको उनले बताए ।

    यस्तै, पक्राउ परेका राणालाई आवश्यक थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत सिंहदरवारमा पठाइएको परिसरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार