Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा चित्तलको हत्या गरेको आरोपमा नौ जना पक्राउ

    लकडाउनमा चित्तलको हत्या गरेको आरोपमा नौ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 2.4K
    SHARES

    चितवन । माडी नगरपालिका वार्ड नं. ९ कृष्णनगर टमटा सिसौघारी (रिउ खोलाको नजिक) बाट चित्तलको हत्या गरेको आरोपमा नौ जना लाई बटुक दल गण कसराले नियन्त्रणमा लिएको छ ।

    स्थानीय ब्यक्तिहरुले चित्तल मारी मासु भागबण्डा गरी घरमा राखेका छन् भन्ने गोप्य सुचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ बटुक दल गणको फौज तथा प्रहरी चौकी टमटाबाट खट्टिएको प्रहरी सहितको संयुक्त टोली उनीहरुलाई नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्ने ब्यक्तिहरुमा माडी नगरपालिका वडा नं.२ इनार बरुवा बस्ने बर्ष ४० को जुनु महत्तो, वडा नं. ९ बस्ने बर्ष १९ को सन्त बहादुर श्रेष्ठ, बर्ष २५ को कृष्ण बहादुर गायक, बर्ष २४ को जनक तिमिल्सेना, बर्ष २७ रोशन चेपाङ्ग, बर्ष ३८ ऋषि भण्डारी, बर्ष ५९ पूर्ण बहादुर थापा, बर्ष ६६ का मोतिराम सुवेदी, बर्ष ६० का तुलराज अर्याल रहेका छन् ।



    गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिएका ब्यक्तिहरुको घरमा खानतलासी गर्दा चित्तलको २ केजी मासु फेला परेको थियो । बटुक दलले नियन्त्रणमा लिएका ९ जना ब्यक्तिहरुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा बुझाएको छ ।

    नियन्त्रणमा लिएका व्यक्तिहरुले बाघले मारेर छाडेको चित्तलको मासु भागबण्डा गरि खाएको भनि निकुञ्ज प्रशासन समक्ष बयान दिएका छन् । उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा राखि थप अनुसन्धानको कार्य भइरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार