काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेकोछ ।
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन सम्वादका क्रममा यीले उक्त सहयोग गर्ने घोषणा गरेका हुन । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।
खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको छ । तर, त्यसबारेमा कुनै निर्णय भएको छैन ।
Leave a Reply