Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • कार्तिकमा पनि जताततै बाढी र पहिरो : ४ जनाको मृत्यु, ३ घाइते

    कार्तिकमा पनि जताततै बाढी र पहिरो : ४ जनाको मृत्यु, ३ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । अविरल वर्षाका कारण देशमा विभिन्न स्थानमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।

    आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ।



    यस्तै, मंगलबार डडेल्धुरा र कालिकोटमा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काँडा, डडेलधुरामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो भने उनकी ६ वर्षीया छोरी सरिता घाइते भएकी छन् ।



    त्यस्तै, अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् ।

    प्रहरीका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

    यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ।

    पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन् ।

    यसैबीच बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । १०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको हो । राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भए पनि ६० जना जति अहिले पनि फसिरहेको वडाध्यक्ष रामबहादुर धामीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार