Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • महानगरद्वारा राहत वितरणका लागि विकास बजेट रोक्का

    महानगरद्वारा राहत वितरणका लागि विकास बजेट रोक्का

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.7K
    SHARES

    वीरगंज। वीरगंजका महानगरपालिकाले राहत वितरणको लागि चालू आर्थिक वर्षको विकास बजेट राेक्का गरेकाे छ। विश्वभरी फैलिएको काेराेना भाइरस महामारीको कारण गरिब निमुखा, ज्यालादारी गरी जिबिका चलाउनेलाई पर्न गएको समस्यालाई ध्यानमा राखि ३२ वटै वडाको विकास बजेट रोक्का गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले बताए।

    वीरगंज महानगरपालिकाको बैठकले ३२ वटै वडालाई राहत सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। राहत लिनका लागि ब्यक्तिले पेश गरेको निवेदन, राहत दिएको भरपाईको विवरण र राहत सामग्री दिनका लागि दिएको वडा समितिको प्रतिलिपीको विवरण तीन दिन भित्र पेश गर्न सबै वडालाई वीरगंज महानगरपालिकाले निर्देशन दिइएको हाे।



    चैत २२ गते बसेको वीरगंज नगरकार्यपालिकाको बैठकले निर्णय गरेको वीरगंज महानगरपालिकाका नगर प्रमुखले बताए। बुधबार जारी गरिएको सुचनाका अनुसार चालू आर्थिक वर्ष ०७६-७७ को सम्झौता बाहेक सम्पुर्ण योजनाहरु रोक्का भएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार