Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • साफ उपविजेता नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत, खेलकुदमन्त्री पनि पुगे

    साफ उपविजेता नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत, खेलकुदमन्त्री पनि पुगे

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

    आज विहान स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए भने विमानस्थलमा सयौंको संख्यामा प्रशंसकहरुको भीड लागेको थियो ।



    नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।



    साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई विमानस्थलमा फुटबल प्रेमीहरुले भव्य स्वागत गरेका थिए ।

    स्वागत गर्न विमानस्थल पुगेका मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । उनले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट फुटबलको विकासका लागि सक्दो पहल गर्ने बताए ।

    फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

    माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार