काठमाडौं । रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ ।
दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिका–५ स्थित दुई मुहानमा पौडी खेल्ने क्रममा अनिल चौधरीको नदीमा डुबेर मृत्यु भएको हो ।
कोटहीमाई–४ कदमहवाका अन्जादी १९ वर्षीय चौधरीको खोजतलास पश्चात आइतबार बिहान घटनास्थल भन्दा ५ सय मिटर तल झाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Leave a Reply