Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • दशैंको मुख्य दिन आज टिका तथा जमरा लागाएर विजया दशमी मनाईंदै

    दशैंको मुख्य दिन आज टिका तथा जमरा लागाएर विजया दशमी मनाईंदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व विजाया दशमी २०७८ सालको मुख्य दिन आज टिका तथा जमरा लगाएर मनाईंदै छ ।

    विजयादशमीका दिन आज बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो । साइत पछि पनि टिका तथा जमरा लगाई आफूभन्दा ठूलाबाट आशिर्वाद ग्रहण गरिहेका छन् ।





    नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

    टिका लगाउन आफूभन्दा ठूला मान्यजन कहाँ जाने गर्छन् । घरको मूल टीका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ ।

    टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ ।

    पुरुषलाई टीका लगाइदिँदा भन्ने आशिर्वाद


    आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
    ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
    सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
    विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

    अर्थात् द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

    सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

    महिलालाई टिका लगाइदिँदा भन्ने आशिर्वाद


    जयन्ती मङ्गलाकाली,
    भद्रकाली कपालिनी ।
    दुर्गा क्षमा शिवाधात्री,
    स्वाहा स्वधा नमोऽस्तुते ।

    अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सार्मथ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पावन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी १ यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार