Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • शक्तिकेन्द्रको पहुँच देखाएर हाकिमलाई नै टेर्दैनथे डीएसपी लम्साल

    शक्तिकेन्द्रको पहुँच देखाएर हाकिमलाई नै टेर्दैनथे डीएसपी लम्साल

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 4.3K
    SHARES

    काठमाडौं ।  कोरोना भाइरस (कोभिड -१९)को संक्रमण फैलने त्रासमा पनि  स्वास्थ्यकर्मी ज्यान जोखिममा पारेर कोरोना संक्रमितको उपचार गरिरहेका छन् ।

    यो बेला स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नुपर्छ । हौसला दिनुपर्छ । तर, एक प्रहरी अधिकृतले अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा कारवाहीमा परेर महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका छन् ।



    महानगरीय प्रहरी बृत्त महाराजगंजका प्रमुख डीएसपी उमेश लम्सालले शिक्षण अस्पतालका तीन चिकित्सकमाथि कुटपिट गरेपछि उनलाई कारबाही गर्न दबाब पर्यो । उनी महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा तानिएका छन् ।



    तर, उनलाई तान्नेमात्र होइन, विभागीय कारबाही नै गर्नुपर्ने माग जनस्तरबाटै हुन थालेको छ । ग्रेड रोक्का र नसिहत नै दिनुपर्ने खालको काम उनीबाट भएको छ । डीएसपी लम्साल तेह्रथुमका हुन् ।

    लम्साल आफ्नै तालुक कार्यालयका कमाण्डरलाई समेत उतिसारो महत्व दिंदैनथे । शान्तिसुरक्षाकै सवालमा काठमाडौं परिसरका प्रमुखले गरेको फोन समेत उनी तत्कालै नफर्काई आधा घन्टापछि फर्काएर आफू शक्तिशाली ठाउँको आशीर्वाद प्राप्त भन्ने तुजुक देखाउने गर्दथे ।

    पूर्व  घर भएकाले नेकपाका जिल्ला नेताहरुसँग चिनजान हुने नै भयो, तिनै छोटेनेताहरुको आडमा प्रधानमन्त्री कार्यालयमै पहुँच देखाएर उनी महाराजगंज बृत्तमा सरुवा भएका थिए ।

    लम्सालको बालुवाटारसम्म पहुँच देखेर महानगरीय आयुक्त विश्वराज पोखरेल उनलाई कारवाही गर्न डराएका थिए। तर, सामाजिक सन्जाल र मिडियाबाट चर्को दबाब परेपछि अन्तत : पोखरेलले लम्साललाई  कारवाहीस्वरुप शुरुमा तानेर गरेर प्रहरी संगठनलाई बदनाम हुनबाट जोगाएका छन् ।

    गत तिहारमा केही भिआईपी जुवाडेलाई पक्राउ गरेर चर्चा कमाएपछि लम्सालले अरु कुनै उल्लेखनिय काम नगरेपनि त्यसैको व्याज खाएर बसेका मात्र थिएनन, असुली धन्दा नै चलाएको प्रहरी स्रोत वताउँछ। ।

    त्यसो त लम्सालले महाराजगंज बृत्तमा सरुवा हुनासाथ मुद्दाका सई र एक अर्का प्रहरीमार्फत् असुली गर्ने काम पनि गर्दैआएको आरोप लागेको थियो। ।

    लम्सालको असुलीधन्दा बारे जानकार मेट्रोकै एक प्रहरी अधिकारी भन्छन- ‘बाहिर हेर्दा राम्रो देखिने तर भित्री रुपमा लम्सालको असुलीधन्दा त जुवाडेलाई पक्राउ गर्दा एकाएक बरामद गरेको  झन्डै डेड करोड रकम गोलमाल हुँदा नै प्रस्ट देखिएको थियो। तर,त्यो बेला रमेश खरेलका झै मिडियामा छाएका लम्साललाई छुंदा संगठनकै बदनाम हुने डरले छानविन त परै जाओस, सामान्य स्पष्टिकरण पनि सोधिएन।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार