बुटवल । लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सोमबार बसेको सुरक्षा समितिको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एक-एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन्।
आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो।
बैठकमा मुख्यमन्त्री केसीले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन समेत दिएका छन्।
यसैगरी दुबै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी पनि राज्यले लिने मुख्यमन्त्री केसीले बताएका छन्।
Leave a Reply