Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • निष्ठाको राजनीति हराउँदै गएको रामचन्द्र पौडेलको टिप्पणी

    निष्ठाको राजनीति हराउँदै गएको रामचन्द्र पौडेलको टिप्पणी

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 891
    SHARES

    फाइल फोटो

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् ।

    सोमबार कांग्रेस भरतपुर महानगरपालिका–१० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गरे ।



    ‘म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ, उनले भने ।  पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँस्वरुप दिनुपर्नेमा उनको जोड थियो ।



    सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनँंगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताए  । वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार