Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • यात्रुहरुसँग बढी भाडा लिने ७ जना बिचौलिया पक्राउ

    यात्रुहरुसँग बढी भाडा लिने ७ जना बिचौलिया पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको  छ।

    टिकट काउन्टरको कर्मचारी हुँ भनी अनधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।



    पक्राउ पर्नेहरुमा  कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क–३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एलएक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् ।



    दशैं–तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको भट्टराईले बताए ।

    पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको  एसएसपी भट्टराईले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार