Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कतारमा कम्पनीले नेपाली कामदारलाई जबर्जस्ती निकाले

    कतारमा कम्पनीले नेपाली कामदारलाई जबर्जस्ती निकाले

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं। कतारमा रहेका सयौं नेपाली कामदारलाई त्यहाँका कम्पनीले स्वेच्छाचारी ढंगमा निष्कासन गरिदिएको खुलासा भएको छ । उनीहरुलाई कोरोना भाइरसको परीक्षण गर्न भन्दै कतारी अधिकारीहरुले नियन्त्रणमा लिइ निष्कासन गरिएको थियो । एम्नेस्टी इन्टरनेश्नलले यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । जहाँ उक्त संस्थाले केही नेपाली कामदारको अन्तर्वार्ता लिँदा उनीहरुले आफूहरु पक्राउ परेको र हिरासतमा पुगेको बताएका छन् ।

    परीक्षणका लागि भनेर लगिए पनि उनीहरुलाई हिरासतमा लगिएको ती कामदारले एम्नेस्टी इन्टरनेश्नलसँग बताएका छन् । कतिपय कामदारलाई त आवासबाटै पक्राउ गरिएको थियो । त्यस क्रममा उनीहरुको साथबाट मोबाइल र कागजात समेत जफत गरिएको उनीहरुले बताएका थिए । साथै फोटो खिचेर औँठाछाप समेत लिन लगाइएको थियो ।



    भीडभाडसहित कामदारहरुलाई हिरासतमा थुनिएको पनि बताइएको छ । एम्नेस्टीले २० नेपाली कामदारको अन्तर्वार्ता लिएको थियो । जहाँ उनीहरुले आफूहरुमाथि अमानवीय व्यवहार भएको गुनासो गरेका छन् ।



    उनीहरुलाई विभिन्न मितिमा अधिकारीहरुले निष्कासन गरेका थिए । केहीले भने आफूलाई एयरपोर्टमा पुगेपछि मात्रै निष्कासन भएको जानकारी पाएको बताए । यस्तो हुँदा उजुरी समेत दिन नपाएको उनीहरुको भनाइ छ ।

    कतारी अधिकारीहरुले भने औधोगिक क्षेत्रमा नेपाली कामदारहरुले ‘गैरकानुनी तथा अनैतिक गतिविधिमा संलग्न’ भएकाले निष्कासन गरिएको प्रतिक्रिया दिएका छन् । तर एम्नेस्टीको रिपोर्ट अनुसार ती कामदारहरुलाई अधिकारीहरुले आपराधिक गतिविधिमा संलग्न भएको कुनै आरोप लगाएको पाइएको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार