काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले बालुवाटारबाट बालकोट पुर्याएको दावी गर्दै राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् ।
आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण आफूले ओलीलाई साथ नदिएको दाहालको भनाई थियो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि त्यहाँ पुगेको अध्यक्ष दाहालले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ । याे तागत हामीसँग छ ।’
ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुमेको दावी गर्दै उनले २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि एमालृ सरकारबाट बाहिरिने बताए ।
हिन्दीमा भाषण गरेका उनले भने–‘अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’
Leave a Reply