काठमाडौं। कलंकिस्थित एलआरआई स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशका लागि ५० थान बेडसेट पठाएको छ ।
उक्त मेडिकल सामग्री विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् सुदूपश्चिम प्रदेशलाई पठाए एलआरआई स्कुलले जनाएको छ ।
सुदूपश्चिम प्रदेशमा कोरोनाबाट बढी प्रभावित भएकाले थोरै भएपनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको गुठियार पन्तले जानकारी दिए ।
विद्यालयले ५० थान बेड, ५० थान म्याट्रेस, ५० थान सिरानी, ५० थान बेड सिट, ५० थान बल्याङ्केट गरी करिव ४ लाख बरावरको सामग्री हस्तान्तरण गरिएको विद्यालयका मुख्य लेखा अधिकृत दीपक जोशीले बताए ।
यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरिसकेको छ।
यस्तै, विद्यालयका संस्थापक गुठियार पन्तले मन्त्री भट्ट मार्फत् नै १५ हजार थान सर्जिकल ग्लोव तथा माक्स सुदूरपश्चिम प्रदेश सरकारलाई पठाइसकेका छन् ।
Leave a Reply