Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • भारतमा कोरोनाकाे कहर: संक्रमितको संख्या १२ हजार नाघ्यो

    भारतमा कोरोनाकाे कहर: संक्रमितको संख्या १२ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडाैँ। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ८८३ जना थपिएसँगै भारतमा संक्रमितको संख्या १२ सय नाघेको हो । वर्ल्डओमीटरका अनुसार बुधबार भारतमा २९ संक्रमितको ज्यान गएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । हालसम्म भारतमा १५ सयको निको हुँदा १० हजार ४ सय संक्रमितको उपचार जारी छ ।

    भारतमा २ लाख ४४ हजार बढीमा कोरोना परीक्षण गर्दा बिहीबार बिहानसम्म १२ हजार ३७० जनामा पुष्टि भइसकेको छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट हालसम्म २१० देशका साथै २ पानीजहाज प्रभावित भइसकेका छन् ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार