Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • ब्राजिलको पुनरागमन जित, अर्जेन्टिना बराबरीमा रोकियो

    ब्राजिलको पुनरागमन जित, अर्जेन्टिना बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । फिफा विश्वकप छनोटको खेलमा अर्जेन्टिना र पाराग्वेबीच बराबरी भएको छ। शुक्रबार बिहान भएको दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।
    खेलमा नियन्त्रण बनाए पनि अर्जेन्टिनाले गोलका अवसरहरू सदुपयोग गर्न सकेनन्।

    अर्को खेलमा ब्राजिलले भेनेजुएलालाई हराएको छ। छनोट खेलमा ब्राजिलले आफ्नो अपराजित यात्रालाई कायम नै राखेको छ। एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले हराएको हो।



    खेलको ११ औँ मिनेटमा एरिक रामिरेजले भेनेजुएलालाई अप्रत्याशित अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको अन्त्यतिर ब्राजिलले लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो।



    मार्किन्होसले खेलको ७१ औँ मिनेटमा बराबरी गोल फर्काए भने ग्याब्रियल बारबोसाले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए। इन्जुरीमा एन्टोनीले अर्को गोल थप्दै ब्राजिलको जीत सुनिश्चित गरे। त्यस्तै, उरुग्वे र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्।

    ९ खेलमा ९ मा नै जीत हासिल गर्दै ब्राजिल २७ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहेको छ। १९ अङ्कसहित अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ। उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार