Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काेराेना महामारीले अमेजनका मालिकलाई मालामाल

    काेराेना महामारीले अमेजनका मालिकलाई मालामाल

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 1.6K
    SHARES

    एजेन्सी। अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसलाई कोरोना भाइरसको महामारी लाभदायी बनेको छ । कारोना महामारीबीच बढेको अनलाइन किनमेलका कारण उनले आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन्।

    विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले १ खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।



    अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको हो ।



    माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ। यति हुँदाहुँदै पनि अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना समेत भएको छ। अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ र मङ्गलवार मात्रै अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले बढेको हो ।

    लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्।

    वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ। लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। अन्नपर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार