एजेन्सी – ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खानसहित ८ जनालाई नायिक हिरासतमा पठाउन आदेश दिइएको छ।
बिहीबार भएको सुनुवाईमा अदालतले आर्यनलाई जमानत दिन अस्वीकार गरेको हो। यससँगै आर्यनसहित पक्राउ परेका अन्य हिरासतमै रहने भएका छन्। यस मामिलामा भोली फेरि सुनुवाई हुनेछ। एनसीबीले अक्टोबर ११ सम्म हिरासतमा राख्न अनुमति मागेको थियो। हिरासतमै राखेपनि उनीहरुसँग सोधपुछ भने गर्न पाइने छैन।
एनसीबी ड्रग्स मामिलामा हालसम्म १७ जना पक्राउ गरेको जनाएको छ। घटनामा आर्यनले नाम लिएपछि अचित कुमार पक्राउ परेका थिए। अरबाज मर्चेन्टले पनि उनको नाम लिएका थिए। एनसीबीले अनुसन्धानका लागि ११ अक्टोबरसम्म कस्टडीमा राख्न पाउँ भनी अदालतसामु अपील गरेको थियो।
अनुसन्धानमा धेरै नयाँ कुरा खुलासा भएको र त्यसको सत्यतथ्य पत्ता लगाउन समय चाहिने एनसीबीको भनाई थियो। यसअघि ४ अक्टोबरमा भएको सुनुवाईमा पनि आर्यनलाई बेल दिइएको थिएन। उनलाई ७ अक्टोबरसम्म हिरासतमा राख्न भनिएको थियो।
आर्यनका वकिले सतीश मानशिन्देले आर्यनलाई जमानत दिलाउने प्रयास गरे पनि उनी असफल भएका छन्।
Leave a Reply