Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • गठबन्धनको बैठक सकियो, मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने

    गठबन्धनको बैठक सकियो, मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । यससँगै मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ ।

    सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको स्रोतले जनाएको छ ।



    राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।



    बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार