Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रालय भागबण्डामा माधव नेपालको असन्तुष्टि, गठबन्धनको आकस्मिक बैठक बालुवाटारमा

    मन्त्रालय भागबण्डामा माधव नेपालको असन्तुष्टि, गठबन्धनको आकस्मिक बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकले आज साँझसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ।

    यसअघि बसेको सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गरेको थियो । जसमा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो ।



    तर, त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार