Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ७३ बर्षका अपाङता भएकालाई घरमै पुगेर सिडिओ गौतमले दिए नागरिकता

    ७३ बर्षका अपाङता भएकालाई घरमै पुगेर सिडिओ गौतमले दिए नागरिकता

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.2K
    SHARES

    रामनारायण यादव/ सप्तरी । सरकारी सेवा सुविधाबाट बंचित रहेका एक जना अपांगलाई सप्तरीका सिडिओले घरमा नै पुगेर नेपाली नागरिताको प्रमाण पत्र दिएको छ ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ बर्षका भए । यत्रो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् । जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे ।



    तर, उनले आफ्नो घरमै नागरिकता पाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिंडने गर्छन् । ७३ बर्षको उमेरमा नागरिकता नपाउँदा सरकारी सेवासुविधाबाट बंचित रहेका थिए ।



    हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले नागरिकता दिलाइदिन पहल गरेका थिए । ‘उनका दाजुभाई र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन्, उनले बनाउनै सकेका थिएनन्’ स्थानीय युवा सन्दीप कर्णले भने, ‘हिंडन नसकेकै कारण जिल्ला प्रशासन कार्यालयसम्म नपुग्दा नागरिकताबाट बंचित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता प्रदान गर्नुभएको उनले बताए ।’

    यसभन्दा अगाडि सप्तरीमा नै एक जना अपांगलाई घरमा नै पुगेर नागरिता दिएको थियो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ निवासी प्रल्हाद मण्डललाई तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले साउन २७ गते घरमै गएर नागरिकता दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार