काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी अनुसन्धानलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले प्रनेपाल प्रहरीले निष्पक्ष अनुसन्धानमा सम्झौतामा नगर्नेमा आफु विश्वस्त रहेको बताए ।
६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरीलाई स्रोत साधनमा सहयोग गर्ने पनि आश्वासन दिए ।
कार्यक्रममा उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड पहिलो महिला प्रहरी चैतमाया डंगोललाई दिएका थिए । ८८ वर्षिय डंगोल २००८ सालमा प्रहरीमा भर्ना भएकी थिइन् । ३१ वर्ष सेवा गरेर असइ पदबाट उनले अवकाश लिएकी थिइन् ।
Leave a Reply