Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेना महामारी: र्‍यापिड टेस्टमा पाेजेटिभ पीसीआरमा नेगेटिभ

    काेराेना महामारी: र्‍यापिड टेस्टमा पाेजेटिभ पीसीआरमा नेगेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 3K
    SHARES

    काभ्रे — र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वावको नमूना संकलन गरी धुलिखेल अस्पतालमा परिक्षण गरिएको थियो। दुवै जना धुलिखेल अस्पतालको आइसोलेसनमा छन्।

    कोरोना संक्रमण पुष्टी भएका सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा पनि कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।



    बेथानचोक –५ का २८ बर्षीय युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। गाउँपालिकामा १० शय्याको क्वारेन्टाइन निर्माण भएपनि उनी होम क्वारेन्टाइनमा बस्ने भनेका थिए। तर होम क्वारेन्टाइनमा नबसी स्थानीयसंग घुलमिल गरेका थिए।



    कुनै लक्षण नदेखिएका ती युवाका परिवारका सदस्यमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परिक्षणको नतिज नेगेटिभ आएको थियो।

    मण्डनदेउपुर नगरपालिका –३ का घर भएका अर्को युवा चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनी घर गएका थिए। कुनै लक्षण नदेखिएका उनमा आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको थियो। कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार